राष्ट्रसंघको फोर्स कमाण्डरबाट अफ्रिकी मुलुक मालीम तैनाथ नेपाली शान्ति सैनिकको प्रशंसा



काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छन् ।

मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसङ्घ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका हुन् । उनले भने,“नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन् ।”

सेक्टर कमाण्डर हुवर्ट ब्यूडोनले अनुशासित, व्यावसायिक र साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरवको महसूस भइरहेको उल्लेख गर्नुभएको त्यहाँ तैनाथ नेपाली शान्ति सेनाले जानकारी दिएको छ । करिब ५५ डिग्री सेन्टिग्रेड गर्मीमा जमिनमुनि बिच्छ्याइएका विस्फोटक पदार्थ हटाउने जोखिमपूर्ण कार्य नेपाली सेनाले सावधानी र सफलतापूर्वक गर्दै आएको छ । सन् २०१३ देखि त्यहाँ नेपाली शान्ति सैनिक कार्यरत छ । मालीमा क्रियाशील विद्रोही र आतङ्ककारी समूह सक्रिय भएकै कारण त्यहाँ तैनाथ राष्ट्रसङ्घको शान्ति मिसनले निकै ठूलो धनजन व्यहोर्नु परेको छ ।

दक्ष जनशक्ति र प्रविधियुक्त सीप प्रयोग गरी नेपाली शान्ति सैनिकले भने सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिरहेको छ । यसैबीच राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि धेरै सुरक्षा फौज पठाउने मुलुकको सूचीमा नेपाल चौथो स्थान लिन सफल भएको छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । द्वन्द्वग्रस्त १२ मुलुकमा पाँच हजार ६५८ नेपाली सुरक्षाकर्मी शान्तिदूतका रुपमा हाल कार्यरत छन् ।

त्यसमध्ये नेपाली सैनिक पाँच हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या ५६२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । हालसम्म एक लाख २९ हजार ८९९ नेपाली शान्ति सैनिकले शान्ति मिसनमा योगदान पुर्याइसकेका छन् । शान्ति स्थापना क्रममा ६५ जनाले वीरगति प्राप्त गर्नाका साथै ६६ जना गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद् प्रतिकार्यको तयारीमा रहन मातहतका युनिटलाई सशस्त्रको परिपत्र

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद प्रतिकार्यका लागि तयारी गरिरहेको छ । मातहतका

नेपाल प्रहरीकी असई कुन्जाङले चढिन् सगरमाथा

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथा

नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा

सशस्त्र प्रहरीका असईले चढे सगरमाथा

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल