प्रधानमन्त्री ओली र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता



काठमाडौँ । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

पाँचदिने औपचारिक भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

साथै उनले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत पर्यटकीय स्थलहरुको समेत भ्रमण गरे ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा माघ २४ गते उनी काठमाडौँ आएका थिए । नेपाल र बंगलादेशबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको र उच्च सैनिक अधिकारीहरुको यस्तो भ्रमणबाट नेपाली सेना र बंगलादेशी सेनाबीच सम्बन्ध प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी