प्रधानमन्त्री ओली र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता



काठमाडौँ । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

पाँचदिने औपचारिक भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

साथै उनले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत पर्यटकीय स्थलहरुको समेत भ्रमण गरे ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा माघ २४ गते उनी काठमाडौँ आएका थिए । नेपाल र बंगलादेशबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको र उच्च सैनिक अधिकारीहरुको यस्तो भ्रमणबाट नेपाली सेना र बंगलादेशी सेनाबीच सम्बन्ध प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्राफिक प्रहरीको विशेष अप्रेशनबाट चोरीका २४ वटा मोटरसाइकल खोजी गरि हस्तान्तरण

काठमाण्डौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई

प्रहरीको मनोबललाई उच्च बनाउन स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकताः आइजिपी क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार

नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को कायम बेरुजुमध्ये समग्रमा