एआईजी सिंहलाई दज्र्यानी चिन्ह प्रदान



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार एक समारोहबीच आइजिपी खनालले सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए ।

उनले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । कार्यक्रममा पदोन्नति भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)

पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ

सशस्त्र प्रहरीको एक फौज २४सै घण्टा सीमा गस्तीमा परिचालन

  काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहिन भएपछि..

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान