उपत्यकामा ‘घुमुवा प्रहरी’ हटाइयो



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यकामा खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

घुमुवा टोलीको औचित्य नदेखिएका आजैका मितिदेखि खारेज गरिएको पोखरेलले बताए । उनका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताए । उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ ।

कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी