नेपाली सेनाद्वारा द्रुतमार्गका तत्कालीन आयोजना प्रमुख खाँडसहित मूल्याङ्कन बोर्डका सदस्यलाई सचेत



काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको मूल्याङ्कन विधिको मस्यौदा चुहावट गरेको ठहर गर्दै तत्कालीन आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडसहित मूल्याङ्कन बोर्डका सदस्यलाई सचेत गराएको छ ।

आयोजना सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट गर्ने कार्यमा भएको मस्यौदा चुहावट सम्बन्धमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिसमा तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मूल्याङ्कन बोर्डका सदस्यलाई सैनिक सचिव विभागबाट सचेत गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त आयोजनामा विज्ञका रुपमा कार्यरत गैरसैनिक व्यक्तिहरुलाई समेत आयोजना प्रमुखबाट सजग गराइएको सेनाले जानकारी दिएको छ । राष्ट्र र नागरिकको सङ्गठनप्रतिको विश्वासलाई मनन गर्दै सेनाले तोकिएको समय सीमाभित्र आर्थिक अनुशासनमा रही पूर्ण पारदर्शिता तथा मितव्ययीरुपमा गुणस्तरीय रुपमा आयोजना सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

राष्ट्रिय विकासका विभिन्न कार्यमा नेपाल सरकारको निर्देशनमा प्रत्यक्ष रुपमा परिचालन सेनाले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

नेपाली सेनाको संख्या स्वघोषित प्राज्ञले निर्धारण गर्ने होइनः प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व