पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न प्रहरीलाई ओलीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन् ।

उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताए ।

उनले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताए । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिए ।

उनले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइजीपी थापाद्वारा सगरमाथा आरोहण दलका सदस्यलाई नेपाल प्रहरीको ब्यानर हस्तान्तरण

काठमाडौँ । सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित

युवाशक्ति पलायन हुने राम्रो सङ्केत होइन

  काठमाडौँ । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक

दुर्गा प्रसाईंलाई किन कार्यक्रमस्थलबाट पक्राउ गरिएन ? यस्तो छ प्रहरीको जवाफ

काठमाडौं । प्रहरीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु

मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान

काठमाडौं । मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको