मधेसमा -नागरिक सैनिक अन्तरक्रिया



काठमाडौँ । मधेसी भूभागबाट नेपाली सेनामा सहभागिता बढाउन सेनाले प्रदेश २ बाट पहिलो पटक नागरिक–सैनिक अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले केन्द्रबाटै टोली खटाएर सम्बद्ध जिल्लामा रहेका आफ्ना संगठन संरचनामार्फत अन्तरक्रिया गरेको हो । निर्देशनालयका अनुसार सेनाले साउनमा धनुषा, बारा र पर्सा तथा भदौमा सप्तरी, रौतहट, सर्लाही, महोत्तरी र सिरहामा कार्यक्रम गरेको थियो ।

त्यसपछि असोजमा प्रदेश १ का सुनसरी र झापामा कार्यक्रम सकिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ती क्षेत्रमा सेनाबारे बढी गुनासो आउन थालेपछि अन्तरक्रिया गरिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको प्रधानसेनापति कमान्ड मार्ग निर्देशनमा ‘नागरिक–सैनिक सम्बन्धलाई मजबुत बनाउने’ उल्लेख रहेको जनाउँदै पाण्डेले त्यही आधारमा कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिहरूले सेना व्यापारतिर लागेको, आफ्नो काममा कम ध्यान दिएको, मधेसी मूलका मान्छेलाई सेनामा भर्ना हुन गाह्रो हुनेलगायत समस्या रहेको गुनासो गरेका थिए ।

उनीहरूले सेनालाई सीमा सुरक्षामा ध्यान दिन, सैनिक स्कुलमा आमजनताका छोराछोरीले समेत पढ्न पाउने व्यवस्था मिलाउन, २ नम्बर प्रदेशमा पनि सैनिक अस्पताल खोलेर सेवा उपलब्ध गराउन, घुम्ती स्वास्थ्यशिविर सञ्चालन गरिरहन र मधेसमा चर्चित खेल कुस्तीलाई सेनाको आन्तरिक प्रतियोगितामा सामेल गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी