मधेसमा -नागरिक सैनिक अन्तरक्रिया



काठमाडौँ । मधेसी भूभागबाट नेपाली सेनामा सहभागिता बढाउन सेनाले प्रदेश २ बाट पहिलो पटक नागरिक–सैनिक अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले केन्द्रबाटै टोली खटाएर सम्बद्ध जिल्लामा रहेका आफ्ना संगठन संरचनामार्फत अन्तरक्रिया गरेको हो । निर्देशनालयका अनुसार सेनाले साउनमा धनुषा, बारा र पर्सा तथा भदौमा सप्तरी, रौतहट, सर्लाही, महोत्तरी र सिरहामा कार्यक्रम गरेको थियो ।

त्यसपछि असोजमा प्रदेश १ का सुनसरी र झापामा कार्यक्रम सकिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ती क्षेत्रमा सेनाबारे बढी गुनासो आउन थालेपछि अन्तरक्रिया गरिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको प्रधानसेनापति कमान्ड मार्ग निर्देशनमा ‘नागरिक–सैनिक सम्बन्धलाई मजबुत बनाउने’ उल्लेख रहेको जनाउँदै पाण्डेले त्यही आधारमा कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिहरूले सेना व्यापारतिर लागेको, आफ्नो काममा कम ध्यान दिएको, मधेसी मूलका मान्छेलाई सेनामा भर्ना हुन गाह्रो हुनेलगायत समस्या रहेको गुनासो गरेका थिए ।

उनीहरूले सेनालाई सीमा सुरक्षामा ध्यान दिन, सैनिक स्कुलमा आमजनताका छोराछोरीले समेत पढ्न पाउने व्यवस्था मिलाउन, २ नम्बर प्रदेशमा पनि सैनिक अस्पताल खोलेर सेवा उपलब्ध गराउन, घुम्ती स्वास्थ्यशिविर सञ्चालन गरिरहन र मधेसमा चर्चित खेल कुस्तीलाई सेनाको आन्तरिक प्रतियोगितामा सामेल गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक

स्ववियु निर्वाचनको सुरक्षाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायसँग ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको ब्रिफिङ

सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

काठमाडौ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त

‘सैन्य शक्तिको महत्व कति छ, रुस–युक्रेन युद्धलाई हेर्दा हुन्छ’

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चात परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको