नासाको पर्सिभरेन्स रोभर तीन हप्तापछि अवतरण हुने



अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभेरन्स रोभर मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स पठाएको हो । अहिले उक्त रोबट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको छ ।

उक्त रोबट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा छ । आगामी १८ फ्रेब्रुअरीका दिन जीएमटी २१ बजे भन्दा केही अघि नासाको रोबट मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा राखिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् ।

वैज्ञानिकहरूका अनुसार रोभरलाई २० हजार प्रति घण्टाको गतिबाट अवतरण गर्ने बेलामा हुनुपर्ने हिँडाइको जस्तो गतिमा घटाउनु असाध्यै चुनौतीपूर्ण छ । अवतरण गर्नका लागि रोबट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेन वैज्ञानिकहरूले अवतरण गर्न तय गरिएको स्थानमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ हेरिरहेको बताएका छन् ।

भाग्यबस, पर्सिभेरन्ससँग यस अघि परीक्षण भइसकेका केही प्रविधिहरू छन् जसले यो रोबटलाई मङ्गल ग्रहको सतहको सुरक्षित ठाउँमा पुर्याउने अपेक्षा छ । आठ वर्ष अघि अवतरण गरिएको प्रविधि ’स्काइक्रेन’लाई परिमार्जित गरिएको छ । कुनै कारमा बसेर झ्यालबाहिर कहाँ सुरक्षित छ भन्ने हेरे जस्तै पर्सिभेरन्सले पनि आफै कहाँ सुरक्षित स्थान छ भन्ने पत्ता लगाएर जहाँ सुरक्षित स्थानमा जान सकिन्छ त्यहीँ जान सकोस् भन्ने प्रविधि जडान गरिएको छ ।

रोभर अडिएर अनुसन्धान थाल्ने त्यो स्थानलाई टिमानफाया नाम दिइएको छ । उक्त नाम ज्वालामुखी चट्टानयुक्त स्पेनको नेशनल पार्कस्थित स्थानबाट लिइएको हो । यो रोबटको मुख्य लक्ष्य चाहिँ कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अन्य अवशेष खोज्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सिचाङ । चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २५ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह

चीनमा हाइड्रोजन ड्रोनद्वारा ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीन । चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार

चीनले गर्यो अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा

बेइजिङ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको