पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल फेला



खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल (कृष्णविवर) पत्ता लगाएका छन् । त्यो झन्डै एक हजार प्रकाशवर्ष टाढा ’टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ । अर्थात् पृथ्वीबाट झन्डै ९ हजार पाँच सय खर्ब किलोमिटर पर । हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ।

तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो । दुइटा तारासँग गरेको अन्तरक्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो। ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको । प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तरक्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ । तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्सरे उत्सर्जित हुन्छ । उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन ।

तसर्थ यो अस्वाभाविक उपलब्धि हो। संयुक्त रूपमा एचआर ६८१९ (HR 6819)) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो । जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले भने, ‘तपाईँ यसलाई ’डार्क ब्ल्याक होल’ भन्न सक्नुहुन्छ । यो वास्तवमै कालो छ ।’ अझ चाखलाग्दो कुरा के हो भने HR 6819 नाङ्गो आँखाले हेर्दा पनि देखिन सक्छ। दूरबिन वा अन्य कुनै उपकरण आवश्यक पर्दैन। तर त्यसका लागि दक्षिणी आकाश देखिनुपर्छ ।

यद्यपि उक्त तारामण्डल सूर्यभन्दा पछाडिबाट आउने भएकाले अहिले त्यो हेर्न त्यति सहज छैन । वैज्ञानिकहरूले HR 6819  को अध्ययन धेरै वर्षअघि थालेका थिए। तर विविध कारणले पूरा हुन सकेको थिएन । चिलीस्थित एउटा वेधशालामा भएको २.२ मिटर लामो दूरबिन प्रयोग गरी भएका अध्ययनहरूमा देखिने दुइटामध्ये भित्री ताराले कुनै अदृश्य वस्तुलाई प्रत्येक ४० दिनमा परिक्रमा गरेको पत्ता लागेको थियो ।

ब्ल्याक होल भएको मानिएको उक्त खगोलीय पिण्डको द्रव्यमान हाम्रो सूर्यको चारगुनाजति हुनसक्छ । ’मिल्की वे’ भनिने हाम्रो आकाशगङ्गामा खगोलशास्त्रीहरूले दुई दर्जनवटा ब्ल्याक होल पत्ता लगाएका छन्। तर तथ्याङ्कशास्त्रका आधारमा विचार गर्दा अनगिन्ती ब्ल्याक होल भएको अनुमान छ । “आकाशगङ्गामा झन्डै १० करोडवटा ब्ल्याक होल छन् भन्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौं ।  धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने

विज्ञानको विरोधाभाष

डा. गोविन्दशरण उपाध्याय । आज बीबीसीमा एउटा विज्ञान चर्चा सुन्दै थिएँ । त्यसअनुसार

संचारमन्त्रीले सरकार संसद्प्रति जवाफदेही हुनपर्छ भन्ने कुरा भुल्नुभयो कि ?

सुमना श्रेष्ठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

  काठमाडौँ ।  सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार