‘लक्की इमेजिङ’ प्रविधि प्रयोग गरी वैज्ञानिकहरू बृहस्पति ग्रहको नयाँ तस्वीर खिच्न सफल



खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन् । तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ । उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ“ भन्ने प्रविधि प्रयोग गरेका थिए । जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो । यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ ।

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ । अनुसन्धानकर्ताहरू यो ग्यासले बनेको विशाल ग्रहको मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने जान्न चाहन्छन् । खासगरी यो ग्रहमा उत्पन्न हुने विशाल आँधीबारे उनीहरूको गहिरो चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा

चिनियाँहरु रुसका लागि लडिरहेको जेलेन्स्कीको भनाइको बेइजिङद्वारा आलोचना

बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेइजिङलाई आफ्ना नागरिकहरू रुसद्वारा सङ्घर्षमा लड्न भर्ती

अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा