वैज्ञानिकहरूद्वारा अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला



वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन्।

सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो। वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष ‘एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित गरेका हुन्।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए।

ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन्।

तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो।

र यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने हुन्थ्यो। तर अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग विस्फोटकै कारण भएको पुष्टि गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले गर्यो अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा

बेइजिङ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको

अमेरिकी रक्षामन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेको बेइजिङको

वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सकिने इयू प्रमुखको भनाइ

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल