कार्बन उत्सर्जन कटौती हुने गरी वैज्ञानिक विधिबाट मानव शव गाड्ने प्रस्ताव



एउटा अमेरिकी फर्मले मानिसको शवलाई जमिनमा गाड्ने विधि वातावरणमैत्री हुने वैज्ञानिक विवरणहरू सार्वजनिक गरेको छ।

संयुक्त राज्य अमेरिकामा गरिएको एउटा नमुना अध्ययनमा सहभागी भएका स्वयंसेवकहरूका शरीरका तन्तुहरू ३० दिनभित्र सुरक्षित र पूर्ण रूपमा नष्ट भइसक्ने उल्लेख गरिएको छ।

रिकम्पोज नामक फर्मले परम्परागत शवलाई गाड्ने विधिभन्दा यो प्रक्रियाले शव नष्ट गर्दा एक टनभन्दा बढी कार्बन जोगाउने दाबी गरेको छ।

उसले विश्वकै पहिलो जैविक शव गाड्ने सेवा अर्को फेब्रुअरीबाट वासिङटन राज्यमा उपलब्ध गराउने जनाएको छ। बीबीसी न्युजसँग कुरा गर्दै रिकम्पोजकी प्रमुख कार्यकारी र संस्थापक केटरिना स्पेडले जलवायु परिवर्तनका कारण धैरै मानिसहरूले जैविक रुपमा गरिने अन्तिम संस्कारप्रति रुचि देखाएको बताइन्।

“अहिलेसम्म हाम्रो समाचारपत्रलाई पछ्याउनेको सङ्ख्या १५ हजार छ। र, यसलाई अनुमति दिने विषयको कानुनमा सबै दलको समर्थन रहेकाले पेश गर्ने बित्तिकै त्यो पारित भएको थियो।”

“यो परियोजना जलवायु परिवर्तनका कारण उत्पन्न आपत्‌कालीन परिस्थितिका कारण एकदमै चाँडो अघि बढेको छ र जनचेतनाका माध्यमले हामीले यसलाई सही बाटोमा डोर्‍याउनुपर्छ।”

स्पेडले आफ्नो संस्थाले अघि बढाउन चाहेको कार्यक्रमले प्राकृतिक र जैविक रूपमा नै उत्सर्जन कटौती गर्ने जनाएकी छन्। उक्त संस्थाले नमुना अध्ययनको निष्कर्ष सियाटलस्थित अमेरिकन एशोसियसन फर एडभान्समेन्ट अफ साइन्सको बैठकमा प्रस्तुत गरेको थियो।

१३ वर्षअघि ३० वर्षकै उमेरमा आफूलाई जैबिक रुपमा गरिने अन्तिम संस्कारबारे सोच आएको र त्यसैबेला यो अवधारणा जन्मिएको स्पेडले बताइन्।

“यो पृथ्वी जसले मलाई संरक्षण गर्यो र मेरो पूरा जीवन साथ दियो, यसलाई मैले जसरी प्राप्त गरेकी थिए म मर्दा पनि त्यसरी नै फिर्ता गर्नु पर्दैन?” उनले भनिन्, “यो नै न्यायसङ्गत र सुन्दर पनि हुन्छ।”

प्राकृतिक जैविक विधि पालना गरेर शव गाड्दा शवदाह गर्दाको तुलनामा १ दशमलब ४ टन कार्बन वायुमण्डलमा उत्सर्जन हुनबाट रोक्न सकिने दाबी उनले गरिन्।

परम्परागत रुपमा शव गाड्दा सवारी साधन र शव बाकस लैजाने क्रममा हुने उत्सर्जन पनि त्यही परिमाणको हुने उल्लेख गर्दै नयाँ विधिबाट उत्सर्जन घटाउन सकिने उनको विश्वास छ।

स्पेडको फर्म रिकम्पोजले काठको चोइटाचोइटी सहितको बन्द बाकस, घाँस र परालहरूको प्रयोग गरिने उल्लेख छ। शरीरलाई बिस्तारै पल्टाएर सुक्ष्म जीवाणुलाई बिस्तारै नष्ट हुन दिइने जनाइएको छ।

३० दिनपछि त्यहाँ रहने अवशेष रूख वा बिरूवामा छर्कन परिवारलाई उपलब्ध गराइने भनिएको छ। हेर्दा प्रक्रिया सीधा देखिए पनि यो विधिलाई अन्तिम स्वरूप दिन चार वर्ष लागेको थियो।

स्पेडले यो अनुसन्धानमा एक जना वैज्ञानिक प्राध्यापक लिन कार्पेन्टर बग्सको मद्दत लिएकी थिइन्। वासिङ्टन राज्यमा घरपालुवा जनावरहरूलाई गाड्ने विधि आम रूपमा अभ्यास गरिन्छ।

तर प्राध्यापक कारपेन्टर बग्सलाई मानवलाई वातावरणमैत्री र सुरक्षित हिसाबले गाड्ने गरी यो विधिलाई अनुकूलन गर्ने जिम्मेवारी दिइएको थियो।

मृत्युअघि नै ६ जनाले उत्साहजनक रूपमा यो अध्ययनमा आफूहरू सहभागी हुने भनेर अनुमति दिएका थिए। उनका अनुसार अध्ययनका बेला गरिएको कामले टोलीलाई भावुक बनाएको थियो।

“हामी सबैले एकअर्काको अवस्था के छ भनेर सोधिरह्यौं। मैले मनोवैज्ञानिक रूपमा फरक महसुस गरिरहेको थिएँ र कैयौँ हप्ता सुत्न सकिरहेकी थिइनँ। मलाई भोक पनि लागिरहेको थिएन र मैले तनावमा भए जस्तो प्रतिक्रिया दिइरहेकी थिएँ।”

प्राध्यापक कार्पेन्टर बोग्सले नष्ट हुने क्रममा शव ५५ सेल्सियससम्मको तापक्रममा पुग्ने बताइन्। रिक्म्पोजले यसै वर्षको अन्त्यबाट आफ्नो सेवा शुरू गर्ने जनाएको छ।

अहिले यो व्यवस्थाले वासिङ्टन राज्यमा मात्रै मान्यता पाएको छ र प्राकृतिक जैविक रूपमा शव नष्ट गर्ने विधिलाई कानुनी मान्यता दिन गरिएको प्रस्ताव कोलोराडो राज्यमा विचाराधीन छ। स्पेडले अमेरिका र अन्यत्र पनि भविष्यमा यो विधि व्यापक रूपमा प्रयोगमा आउने ठानेको बताइन्।

उनी भन्छिन्, “वासिङ्टनमा अघि बढेपछि हामीले अरू राज्यहरूमा पनि यो अवधारणा कार्यान्वयनमा आउने ठानेका छौँ। यसलाई लिएर युके र विश्वका अरू क्षेत्रमा पनि ठूलो उत्साह छ। हामी सक्ने भएपछि देशबाहिर पनि हाम्रा शाखाहरू खोल्ने अपेक्षामा छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

काठमाडौं । सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ

चन्द्रमाको चट्टान र धुलो पृथ्वीमा

चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान

चन्द्रमाको उत्पत्तिबारे अध्ययन गर्न चीनले चन्द्रमाको ढुंगा ल्याउने

चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने

के थोरै इमेल पठाउँदा पृथ्वीको आयु लम्बिन्छ ?

के तपाईँ अरूलाई धन्यवाद भन्न बारम्बार इमेल पठाउनुहुन्छ ? यदि त्यसो हो भने