गड्यौला



             डा. गोविन्दशरण उपाध्याय

दुईवटा गड्यौला जमिन मुनि वस्थे । जाडोको मौसम थियो । वाहिर घाम लागेको देखेर एउटा गड्यौलालाई घाम ताप्न मन लाग्याे । उसले साथीलाई आफ्नो मनको कुरा भन्याे तर साथीले सहमति जनाएन ।

वाहिर नजा भनेको नमाने पछि दोस्रो गड्यौलाले भन्याे – “ठीक छ, तिमी जाऊ, म वाहिर यसो मुन्टो निकालेर हेर्छु । ठीक लाग्याे भने म पनि घाम ताप्न आउने छु ।”

गड्यौला वामे सर्दै घाममा आइपुग्याे। वाहिर निकै तातो घाम थियो र निस्कने ठाउँमा वालुवा थियो । गड्यौला वाहिर निस्केर सिधै बालुवामा पुग्यो । तातेको बालुवाले शरीर पोल्न थाल्याे । असाध्य पीडा भएर उ बेतोडले उफ्रन थाल्याे ।

भित्र हेरिरहेको गड्यौला त्यो देखेर दंग पर्यो । उसले आफैलाई भन्यो ” त्यहाँ त साच्चिकै रमाइलो रहेछ | त्यसैले उ उफ्रीउफ्री नाचिरहेको छ ।

अनि, त्यो पनि त्यसै तातो बालुवामा पुगेर उफ्रन थाल्यौ ।

नक्कल गर्नु सबैभन्दा पीडादायी हुन्छ । नक्कलमा विश्वास गर्नेले अरू पीडाले नै उफ्रेको भए पनि “सुख” र “रमाइलो” गरेको ठान्छ ।

बुद्धिमान मान्छे पनि नक्कलको मोहनीमा परेर दुख पाउँछन् । विश्वास गरौँ, जुन परिवेश, जुन संस्कृति र जुन परिवेशमा हामी हुर्किएका छौँ, त्यो नै हाम्रो लागि सबैभन्दा हितकारी हुन्छ ।

विदेशीको नक्कल गरेर वा विदेशीलाई विश्वास गर्नेको नक्कल गरेर हामीले आफ्नो जरोकिलो गुमाउँछौँ  । अनि, आफै दुख पाउँछौ ।

श्रीकृष्णको उपदेशलाई मनन गरौँ “परधर्मो भयावह:” अर्काको धर्म भयानक हुन्छ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपिलवस्तुमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै फलफुल र स्वास्थ्य किट प्रदान

कपिलवस्तु । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिकजसो सार्वजनिक भएका छन्

डिक्यानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, इन्सपेक्टर र असईका ४५० भन्दा बढी उम्मेदवार सहभागी

काठमाडौँ – डिफेन्स करियर एकेडेमी नेपालले अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । प्रहरी

वा क्या वात !!!!

एउटा विद्यार्थीले प्रिन्सिपलसँग भन्याे । प्रिन्सिपल-प्रिन्सिपल ! हिंजाे बुबाले मेराे जन्म दिनमा दिनु

सी जिनपिङकाे जीवनकाे सबैभन्दा ठूलाे शिक्षा

  म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने