मान्छे बायाँ हाते हुनुको रहस्य खोतल्दै वैज्ञानिकहरू



वैज्ञानिकहरूले कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि फेला पारेका छन्।

मस्तिष्कको संरचना एवम् त्यसको काम गर्ने प्रणाली त्यसमा पनि विशेषत: भाषिक सीपमा त्यो आनुवंशिक निर्देशक प्रणालीको प्रभावशाली संलग्नता देखिन्छ।

अक्सफर्ड विश्वविद्यालयक शोधकर्ताहरूका अनुसार परिमाणस्वरूप बायाँ हाते मानिसमा वाक्कौशल हुन सक्ने बताएका छन्।

तर मस्तिष्कको विकास र दायाँ वा बायाँ हाते हुनुबीचको सम्बन्धबारे विविध रहस्य यथावत् नै छन्। दशजना मानिसमध्ये औसत एकजना बायाँ हाते हुन्छन्।

जुम्ल्याहा मानिसमा गरिएका शोधहरूले आमाबुवाबाट आएको वंशाणु डीएनएले त्यसमा भूमिका निर्वाह गरेको देखाइसकेको छ।

तर त्यसको खास कुरा बल्ल पत्ता लाग्दैछ। शोधकर्ताहरूको टोलीले चार लाख मानिसको डीएनए संरचनाको पूर्ण विवरण भएको यूके बायोब्याङ्कमा अध्ययनक गरेको थियो।

त्यहाँ विविररण राखिएका चार लाख मानिसमध्ये ३८ हजार मात्र बायाँ हाते छन्। वैज्ञानिकहरूले मानिसलाई बायाँ हाते बनाउन भूमिका भएका डीएनएका खण्डहरू पत्ता अथक प्रयास गरे।

ब्रेन जर्नलमा प्रकाशित अध्ययनले त्यस्ता चारवटा विशेष खण्ड फेला परेको देखाएको छ। एक शोधकर्ता प्राध्यापक ग्वेनाइल डउडले बीबीसीलाई भनिन्, “अध्ययनले कुनै व्यक्ति बायाँ हाते वा दायाँ हाते हुने कुरा उसको आनुवंशिक पक्षसँग सम्बन्धित रहेको पहिलो पटक देखाएको छ।”

शरीरका कोशिकाभित्र हुने साइटोस्केलेटन भनिने जटिल संरचनामा म्युटेशन अर्थात् डीएनएमा हुने आनुवंशिक परिवर्तन भएको पाइयो।

त्यस्तै खालका आनुवंशिक परिवर्तनहरूले गर्दा चिप्लेकीराभित्र हुने साइटोस्केलेटनमा पनि परिवर्तन आएर त्यसको खपटा देब्रेतिर घुमेको हुन्छ।

यूके बायोब्याङ्क परियोजनामा सहभागीहरूको परीक्षण गर्दा साइटोस्केलेटनले मस्तिष्कको ह्वाइट म्याटर भनिने विशेष क्षेत्रको संरचनामा परिवर्तन गरिरहेको देखिएको छ।

प्राध्यापक डउडले भनिन्, “मानिसमा हातको चालसँग जोडिएको साइटोस्केलेटनसम्बन्धी विविधता मस्तिष्कमा स्पष्ट रूपमा देखिने कुरा हामीले

शोधकर्ताहरूले बायाँ हाते मानिसहरूमा राम्रो वाक्कौशल हुने अनुमान गरेका छन् तर उनीहरूसँग त्यसलाई पुष्टि गर्ने तथ्याङ्क छैन।

अध्ययनले बायाँ हाते मानिसमा मस्तिष्कका कोशिकासँग सम्बन्धित पार्किन्सन्स रोगको न्यून र स्किट्सफ्रेनिअको उच्च जोखिम रहने देखाएको

बायाँ हाते भएका व्यक्तिले प्राय: अनुचित व्यवहारको सामना गर्नुपर्छ।

हातका शल्यचिकित्सक तथा शोधका लेखक प्राध्यापक डोमिनिक फर्निस भन्छन्, “कैयौँ संस्कृतिमा बायाँ हाते व्यक्तिलाई अशुभ वा दुष्टको रूपमा पनि लिइन्छ। अनि त्यो मानिसको बोलीचालीमा पनि झल्किन्छ।”

फ्रेन्च भाषामा ‘गौश’ को अर्थ बायाँ र अपरिष्कृत दुवै हुन्छ। अङ्ग्रेजीमा राइटको अर्थ दायाँ र ठिक दुवै हुन्छ। प्राध्यापक फर्निसको भनाइ छ, “अध्ययनले बायाँ हाते हुनु केवल मस्तिष्कको जैविक विकाससँग सम्बन्धित रहेको देखाएको छ, भाग्यसँग केही सम्बन्ध छैन।”

“अनि यो आनुवंशिक भिन्नताद्वारा निर्देशित रहेको कुरा हामीले पत्ता लगाएका छौँ। त्यसले हामीलाई मान्छे केले बनाउँछ भन्ने बुझ्न सघाएको छ।”

दायाँ वा बायाँ हाते हुनुमा २५ प्रतिशत आनुवंशिक र ७५ प्रतिशत वंशाणुगत गुणबाहेक अन्य बाह्य कारणको भूमिका भएको अध्ययनको ठम्याइ छ।

अहिलेसम्म अध्ययनले आनुवंशिक अवयवको जम्मा एक प्रतिशत र त्यो पनि केवल ब्रिटिश जनसङ्ख्यमा पत्ता लगाएको छ।

त्यसैले विश्वभरिका मानिसहरूको आनुवंशिक गुणबारे बुझ्न अझै धेरै काम गर्न बाँकी नै छ। पहिलो पटक प्रमाणित गरेका छौँ।”

बायाँ हाते मानिसहरूमा मस्तिष्कका दायाँ र बायाँ दुवै भाग भाषिक ज्ञानको अङ्गसँग सम्बन्धित भएका र बढी समन्वयमा रहेका हुन्छन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

काठमाडौं । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र

इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान

काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न रिलायन्स एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी

काठमाडौं । काठमाडौंको चाबहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी आयोजना गरिएको