तिवारी एनआरएनए अष्ट्रेलियाको आईसीसी सदस्यमा निर्वाचित


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अष्ट्रेलिया २०२५ को निर्वाचनमा विष्णु तिवारी आईसीसी सदस्य पदमा निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनमा तिवारी निर्वाचित भएका हुन् ।

तिवारीले आफूलाई निर्वाचित गराउने अष्ट्रेलियावासी मतदाताहरूप्रति आभार प्रकट गरेका छन् । यने अब यो जितलाई जिम्मेवारीको रुपमा लिएर, सेवा, पारदर्शिता र एकताको भावनासहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । संघको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् ।