एनआरएनएको विवाद सर्वपक्षीय छलफल गरेर समाधान गर्न पहल गछौँः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखापरेको विवाद समाधानका लागि सर्वपक्षीय छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा पार्टी सभापति शेरबहादुर देउवासँग एनआरएनए समेतका प्रतिनिधि राखेर सर्वपक्षीय छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।

त्यसअघि संघका अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष डा हेमराज शर्माले संयुक्त रुपमा पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । फरक प्रसंगमा अध्यक्ष डा केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपछि सरकारले नै नागरिकता नचिनेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

उनले भने, ‘नागरिकता वितरण गरिएको डेढबर्ष भन्दा बढी भइसकेको अवस्थामा यसको कार्यान्वयनको लागि भने समस्या जहाँ त्यही छ ।’

अध्यक्ष केसीले नागरिकता लगायत अन्य धेरै मागहरुको कार्यान्वयन गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरे ।

यस्तै उपाध्यक्ष डा हेमराज शर्माले संविधानतः विदेशमा बसेका नेपालीले पाउने आर्थिक अधिकार, पैतृक सम्पत्तिको भोगचलन लगायतका विषयमा स्पष्ट व्याख्या नभएकोले पनि समस्या भइरहेकोले ती सबैलाई सम्बोधन गर्न गैरआवासीय नेपाली ऐन आवश्यक रहेको उल्लेख गरे ।

जवाफमा महामन्त्री शर्माले अब बस्ने संसद बैठकमार्फत उक्त ऐनलाई प्रक्रियामा लगेर पूर्णता दिने प्रतिबद्धता जनाए ।

भेटमा भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई,सचिव राधिका (टीका) गुरुङ, संघका सिइओ राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा बिहीबार अपराह्न आयोजित स्वागत

सरकारले भन्यो-रेशम पक्राउ घटनामा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह छैन

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउमा कुनै पूर्वाग्रह नभएको

प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रहः थप क्षति नबेहोर्न सम्झौताका लागि तयार हुनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि गरिने

सरकारले निजीकरणलाई प्रोत्साहन गरेको सांसद शाहीको आरोप

  काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमले