डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन



सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भुटानी मूलका नेपाली भाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन विडारी, उप–महासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लीला भण्डारी रहेका छन् । साथै सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, विजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेको जनाइएको छ ।

नेपाल पुर्ख्यौली भई भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एसोसिएसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए ।

नेपाललाई पितृ भूमि मान्ने नेपाली भाषीहरुको संस्था रहेकाले नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले संस्थालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरिएको हो । अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौ भन्दै सबैले यसमा योगदान दिनुपर्नेमा जोड दिए ।

उनले नेपाली भाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन आग्रह समेत गरे । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

गत वर्षको मार्च २४ मा थाइल्यान्डको बैङ्ककमा ३२ देशका नेपाली भाषीहरुले भुटानी नेपाली मूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा बेलायत, पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भीम बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित