पोर्चुगलमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ गठन



लिस्बन (पोर्चुगल) । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ ।

राजधानी लिस्बनमा भएको भेलाले पोर्चुगल निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषाध्यक्षमा अनु गुरुङ चयन भएका छन् ।

यस्तै, एसोसिएसनको सदस्यहरूमा विष्णुबहादुर घर्ती, अनन्त तिवारी, अर्जुन सोनाम, समीर भट्टराई, उज्ज्वल ढकाल, पुस्करराज जोशी, अमृत विश्वकर्मा, बिमल कार्की, सविना मनाङथेन, किकी मगर, टीका गर्बुजामगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमी खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, वीरेन राई, पुष्पबहादुर चलाउने, रेजिना उप्रेती, सूर्य बोहोरा, विक्रम आचार्य र अनुप राना मगर रहेका छन् ।

त्यस अवसरमा एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपालीमूलका नेपाली भाषी आफ्नो पहिचान स्थापित गर्नका लागि संगठित हुनुपर्नेमा जोड दिए । उनले संसारभर रहेका नेपाली भाषीलाई स.गठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्य र परिकल्पनाका साथ एएनओको स्थापना गरिएको बताए ।

एएनओ बोर्ड अफ ट्रस्टिका सदस्य ओमराज गुरुङले नेपालीमूलका नेपाली विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए ।

एसोसिएसनका युरोप संयोजक दीपक धिताल, गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर एसोसिएसनका केन्द्रीय सदस्य दिपेश विष्टलगायतले आफ्नो धारणा राखेका थिए।

एएनओमा नेपालीमूलका नेपाली भाषीको बृहत् भेलाले सन् २०२४ गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनएको हितका निम्ति सक्दो प्रयास गर्छुः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन,

गैरआवासीय नेपालीको नागरिकता नभएकैले नेपालमा लगानीको वातावरण बन्न नसकेको जिकिर

काठमाडौँ । संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक

एनआरएनएमा संकीर्ण राजनीतिक सोच हुनु हुँदैनः बाबुराम भट्टराई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको

गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रहः राजनीति नगरिदिनुस्

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न