जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौँ । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमाणपत्र पेस गरेपश्चात् राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रुपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गरेका थिए ।

सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनाव दुष्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत होः बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेमा पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई जटिल

भिजिट भिसा प्रकरणकाबारेमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दैछ

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा

गृहमन्त्रीकाबारेमा के भन्यो एमालेले ?

काठमाडौं । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकका समाजिक संजालले अनुसन्धान

एमालेले भन्यो-गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन

काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने