अमेरिकामा संविधान दिवस मनाइयो



टेक्सस (अमेरिका)। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।

वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराएका थिए ।

नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्रिस्बेनको रक्लीमा दसैँ–तिहार शुभकामना साँझ

काठमाडौं । नेप्लिज एसोसिएसन अफ क्विन्स्ल्यान्डको आयोजनामा अस्ट्रेलियाको ब्रिस्बेन, रक्लीमा दसैँ–तिहार शुभकामना साँझ

गैरआवासीय नेपाली सङ्घद्वारा पीडितलाई राहत वितरण

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली