शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित



वासिङ्टन डिसी । इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।

यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय संघसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो ।

सरकारको निर्देशनअनुसार समय-समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर रहेकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रशन्नता प्रकट गरिन् ।

यसबाट धेरै नेपालीलाई घण्टौंको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उनले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर

मेरिल्यान्डमा एक नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला परेका छन् । ४७ वर्षीय

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

यी हुन् अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति

काठमाडौं । ह्युस्टन प्रहरीले नेपाली विद्यार्थी मुना पाण्डेको  हत्यामा संलग्नको तस्बिर सार्वजनिक गरेको