चीनको छेन्दुमा मनाइयो गणतन्त्र दिवस



 

काठमाडौँ । १७ औं राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गान र ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको थियो ।

त्यस अवसरमा महावाणिज्यदूत सुरेश राउतले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र उत्सर्गको स्मरण गर्दै गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभएको उक्त वाणिज्यदूतावासले आज जनाएको छ ।

उनले गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै त्यसलाई थप संस्थागत र समयानुकूल तुल्याउन स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा महावाणिज्यदूतावासका कर्मचारी, महावाणिज्यदूतावासको क्षेत्राधिकार सिचुवान, छोङछिङ कुइचोमा बसोबास गर्ने नेपाली समुदाय र केही चिनियाँ नागरिकको पनि उपस्थिति थियो । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा तीन दिनसम्म साँझ दीपावली गरेर आजसम्म मनाइँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो