गुणराज लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन



टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रियय सञ्जाल (इन्जा)को टोकियो सम्मेलनले गुणराज लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, रीता सापकोटा, कमल ढकाल, धु्रव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा, अंकुश नेपाल र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भएका छन् ।

वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले उनीहरु निर्वाचित भएको घोषणा गरेको थियो ।

यसअघि आयोजित इन्जा डेका अवसरमा आयोजित अन्तरक्र्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरु आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरु प्रबद्र्धन गर्न सुझाव दिएका थिए । उनले बस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकरात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने विश्वास व्यक्त गरे ।

इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयबस्तु जनमानसमा सही तरिकाले पुर्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । इन्जाले विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार रहेको उनले बताए ।

संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरुप संकटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिदैँ आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने बताए ।
एभरेष्ट इन्टरनेशनल स्कूलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रुपपान्तरणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नेपाली वेशभूषा, कला, संस्कृतिलाई अन्तरारराष्टिय समुदायमा पुर्याउन आफ्नो विद्यालयले गरेको योगदान उजागर गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

सो अवसरमा एनआरएन ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुङ, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईँ र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे रायसुझाव दिएका थिए । सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई