नेपालमा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा सांस्कृतिक कार्यक्रम



काठमाडौं ।  नेपाली राजदूतावास डेनमार्कले नेपालमा पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार राजधानी कोपेनहेगनमा एक कार्यक्रमको आयोजना गरेको छ।

आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो।

डेनमार्कका लागि नेपाली राजदूत प्राडा राम स्वार्थ रायद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो।

त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको सङ्क्षिप्त चर्चा गर्दै नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिएका थिए।

यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई