राजदूत सुवेदीद्वारा स्वीस महासंघका अध्यक्षसमक्ष ओहदाको प्रमाणपत्र पेश



काठमाडौं । स्विस महासंघका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासंघका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत सुवेदीले नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए

उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेका जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख