राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गरे ।

सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताए । उनले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार व्यक्त गरे ।

युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई