राप्रपा प्रवासी नेपाली एकता समाज जापानको कार्यसमिति बिस्तार



काठमाडौं । राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज (पानस) जापानले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेलको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार एवं जिम्मेवारी बाँडफाँट गरेको छ । उपाध्यक्ष पौडेलले नविन कार्ययोजनाका साथ अघि बढेको राप्रपा आगामी निर्वाचनमा मुलुकको प्रमुख शक्ति बन्ने दाबी गरे ।

सुशास, समृद्धि र विकासको लागि खरो उत्रिएको एकमात्र पार्टी राप्रपा रहेको भन्दै प्रवास क्षेत्रमा पनि राप्रपाको संगठनले गुणात्मक फड्को मारेको बताए । उनले राप्रपा प्रवासी नेपालीहरूको समस्या समाधानको लागि लागिपरेको एकमात्र पार्टी राप्रपा रहेको बताए । राप्रपाका नेता एवं पुर्व केन्द्रीय सदस्य कलेन्द्र विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवेशन सम्पन्न गर्नको लागि १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ।
१.अध्यक्ष – नविन चन्द
२.उपाध्यक्ष – लक्ष्मण ढकाल
३.उपाध्यक्ष – उमा खड्का
४.महासचिव – सुवर्ण भट्ट
५.सचिव – विशाल विक्रम शाहि
६.कोषाध्यक्ष – सन्दिपा सेढाई
सदस्यहरु
७) भरत बम
८) बसन्त लामा
९) उज्जवल गुरागाँई
१०)सन्तोष थापा
११)सरु पाण्डे
१२)सरिता पुरकोटि
१३)उत्तम जोशि
१४)ललित ऐर
१५) निराजन मल्ल
१६)अग्नीमा शाही
१७)जय व खड्का
साथै नविन राप्रपाको अवधारणालाई जापान भरि प्रचार प्रसार तथा क्षेत्रिय समितिहरु समेत गठन गर्नका लागि प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समिति (पानस आईसीसी ) का उपाध्यक्ष रघुदीप खड्कालाई जिम्मेवारी दिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेल प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश

एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध