नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न एनआरएनका अध्यक्ष आचार्यको अपील



लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपील गरेका छन् ।

गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं युकेद्वारा आयोजित नेपाली मेलालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैरआवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाले नेपालमा रहेको आफ्नो सम्पत्तिकाबारेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘यही अक्टोबर महिना भित्रै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउंछ ।अब डराउनु पर्ने अवस्था छैन। संविधानले नै हाम्रो सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ। त्यसैले हामी जन्मिएको भूमिको माटो बेचेर विदेशमा पैसा नल्याइ दिनुहोला ।’

उनले सहमतिको आधारमा चुनिएको गैरआवासीय नेपाली संघको नयाँ टिमले काम थालेयता गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, नेपालमा गर्ने लगानीको क्षेत्रमा प्रगति भएको बताए ।

गैरआवासीय नेपालीहरुलाई सहज हुने गरी जति सक्दो छिटो गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न शुरु गर्न पनि आफूले नेपाल सरकारसंग व्यक्तिगत र संस्थागत रुपमा पहल गर्दै आएको उनले बताए।

त्यस्तै केही समय यता सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने कुराहरु देखिएक भन्दै सजग हुन पनि उनले आग्रह गरे। उनले भने, ‘हामीले बनाएको सद्भाव, हाम्रो कर्मको मूल्यांकन गर्ने जिम्मा तपाईंहरुको हो, संसारभरिका नेपालीहरुको हो ।’

नेपालको संसदको दुवै सदनबाट दुइ, दुइ पटक पारित भएको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पछि उक्त विधेयक ऐन बनेको छ। सोही कानूनको अधीनमा रही नियमावली तयार भइसकेको र अब छिट्टै लागू हुने गृह मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा प्रवासी नेपाली एकता समाज जापानको कार्यसमिति बिस्तार

काठमाडौं । राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज (पानस) जापानले राष्ट्रिय प्रजातन्त्र पार्टीका

एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

  ललितपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा

जापान–नेपाल विकास मञ्च स्थापना

  काठमाडौँ । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको

अमेरिकी सिनेटर होलान र राजदूत खत्रीबीच भेटवार्ता

वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत