गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषदको उपसचिवमा कार्कीको उम्मेदवारी



एडण्वरा, स्कटल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उप–सचिवमा भुपाल कार्कीले उम्मेद्वारी दिएका छन् ।

बेलायतको स्कटल्याण्ड एडण्वराका सफल व्यवसायी तथा समाजसेवी कार्की विभिन्न सामाजिक संघसंस्थाको अनुभवपछि एनआरएनए स्कटल्याण्डको राज्य समन्वय परिषद कार्यसमितिलाई सफल बनाउन अघि बढेका हुन् ।

लामो समयदेखि नेपाल स्कटल्याण्ड एसोसिएसनसँग आवद्ध भई सक्रिय रूपबाट आफ्नो कार्य दक्षता प्रस्तुत गर्दै आएका कार्की समाजमा आफ्नो सकारात्मक प्रभाव पार्न सफल भएका छन् भने स्कटल्याण्डमा हरेक क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट समाजमा कुनैपनि बेला सहयोग गर्न तत्पर रहने र समाजमा थुप्रै महत्वपूर्ण जिम्मेवारी कार्यहरू गर्दै आएका छन् ।

व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहंदै आएका छन् । ८ वर्ष अघि नै एनआरएनए यूकेको सदस्यता लिएका कार्की त्यसयता अभियानमा निरन्तर सक्रिय छन्। पछिल्लो समय एनआरएनएमा स्कटल्याण्डको सहभागिता बढाउने क्रममा पनि उनी खटिंदै आएका छन् ।

कार्की सन् २००६ देखि स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएका छन् । स्कटल्याण्डका सामाजिक संस्था एवम् आफ्नो कार्यदक्षता अभियानको अनुभव, एनआरएनए स्कटल्याण्डको कार्यसमितिमा एक विशुद्ध सामाजिक पहिचानको भूमिकामा उपयोग गर्ने योजना रहेको कार्की बताउँछन् भने एनआरएनए जस्तो पवित्र संस्थालाई बद्नाम गर्नेहरुलाई निरुत्साहित पार्न आफ्नो प्रभावकारी भूमिका रहने उनको प्रतिवद्धताका साथै एनआरएनए अभियानलाई स्कटल्याण्डका हरेक नेपाली सम्म पुर्याउने संकल्प गरेका छन् ।

झापा जन्मथलो भएका कार्की नेपालमा समेत दिन दुःखीहरूलाई सेवा गर्दै आइरहेका छन् । नेपालमा गरिने आगामी योजनावारे यस संवाददाताले प्रश्न गर्दा उनले समाजसेवाको अलावा स्वदेशमा लगानी भित्राउन लागिपर्ने र मुलुकलाई समृद्ध दिशातर्फ उन्मुख गर्न आफ्नो तर्फबाट सक्रिय योगदान रहने समेत वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई