राष्ट्रपतिसँग एनआरएनएको गुनासोः नेपालमा लगानीको वातावरण अझै बनेन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन आग्रह गरे ।

आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मकरूपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै उनले त्यसमा सहभागी भई योगदान गर्न एनआरएनएका प्रतिनिधिलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै सङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराइन् ।

अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै पूँजी पलायन रोक्न र लगानी भित्राउने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।