अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन



वासिङटन डिसी । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् ।

समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ ।

समितिको पहिलो बैठकले डा श्याम कार्की, डा हयारी भण्डारी, गौतम दाहाल, डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताइन् ।

कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाललगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरे ।

यसै बीच अनेसासको पाँचौ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ । कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्र्धन पूजाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो