प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार बिहीबार भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराएका थिए ।

भेटपछि महासचिव अधिकारीले भने, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टैछुट्टै भेटवार्ता गरेका थिए । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उनीहरुलाई जानकारी गराएका थिए ।

भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिए । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिसँग एनआरएनएको गुनासोः नेपालमा लगानीको वातावरण अझै बनेन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

काठमाडौं । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’

अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन

वासिङटन डिसी । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने

काठमाडौं । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी