एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण



काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

गत मंगलबार राति दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिए ।

सो ठाउँमा भूकम्प मा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटिका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।

‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्री हस्तान्तरण गरेको छ । यसले भूकम्पबाट पीडितहरुलाई तत्कालै सानो भएपनि राहत मिल्ने हाम्रो अपेक्षा हो,’ थापाले भने।

एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।

एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० रुपियाँ बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भूकम्प पिडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूतपूर्व गोर्खा र बेलायत सरकारबीच पुनः अर्को बैठक हुने

लण्डन । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो

अमेरिकामा भण्डारीसहित दुई नेपाली विजयी

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन्

लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लण्डन । लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक