एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण



काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

गत मंगलबार राति दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिए ।

सो ठाउँमा भूकम्प मा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटिका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।

‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्री हस्तान्तरण गरेको छ । यसले भूकम्पबाट पीडितहरुलाई तत्कालै सानो भएपनि राहत मिल्ने हाम्रो अपेक्षा हो,’ थापाले भने।

एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।

एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० रुपियाँ बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भूकम्प पिडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको