एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई जिम्मेवारी दिएको छ ।

उच्चस्तरीय समितिले हिराचन र भट्टलाईलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पूर्ण अधिकारसमेत दिइएको सङ्घको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत जुलाई ३० मा गरिएको एनसिसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउन र कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि हिराचन र भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए जापानको निर्वाचनमा विधानविपरीत दुई हजार २५० विद्यार्थी सदस्य बनाइ एक हजार ७०० भन्दा बढी विद्यार्थीले मतदान गर्नाका साथै प्रविधिको चरम दूरुपयोग गरिएको भन्दै उजुरी परेको थियो ।

गत अक्टोबरमा नै हुनुपर्ने एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचन विभिन्न देशमा प्रतिनिधि विवादका कारण अहिलेसम्म हुन सकेको छैन । सङ्घको विवाद समाधान गरी महाधिवेशन तथा निर्वाचन गराउन सङ्घका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ ।

खासगरी बेलायत, अमेरिका, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया, डेनमार्क, फ्रान्स, जापान लगायतका एनसिसीमा रहेको विवादका कारण महाधिवेशन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको