एनआरएनएको एसिया प्यासिफिक क्षेत्रको सह–संयोजकमा खड्काको उम्मेदवारी



काठमाडौं । जापान कर्मथलो वनाएका सफल व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली एसिया प्यासिफिक सह–संयोजक पदमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए आईसीसीका सदस्यसमेत रहेका खड्काले जापानमा सफल व्यापारी मात्र नभई कुशल समाजसेवीको छवि पनि वनाएका छन् । एनआरएनए ग्लोबल सम्मेलनमा खड्काले सशक्त उम्मेदवारी प्रस्तुत गर्दै आगामी निर्वाचनमा एसिया–प्यासिफिक क्षेत्रका मतदाताले जिताउने समेत विश्वास लिएका छन् । खड्काको उम्मेदवारीमा एसिया–प्यासिफिक क्षेत्रका प्रवासी नेपाली समुदायले खुसी व्यक्त गर्दै जितको अग्रिम शुभकामना समेत दिएका छन् ।

उनले आफू निर्वाचित भए शून्य लागतमा वैदेशिक रोजगारीमा जाने वातावरण वनाउने, विदेशमा काम गर्ने नेपालीको पारिश्रमिक, सुरक्षा र इन्स्योरेन्सको सुनिश्चितताका लागि पहल गर्ने, वैदेशिक रोजगारीवाट स्वदेश फर्केका युवाहरूलाई आवश्यक तालिमको व्यवस्था गर्दै स्वावलम्वी वन्ने वातावरण सृजना गर्ने, विदेशमा वस्ने नेपालीको स्वदेशमा लगानीको सहज वातावरण वनाउने, एनआरएनएमा आर्थिक पारदर्शिता कायम गराउने, एनसीसी र आईसीसी बीच प्रगाढ सम्बन्ध वनाउने, एउटा उन्नत ,सबल, सक्षम र पारदर्शी एनआरएनए वनाउँदै यसको गौरवशाली ईतिहासलाई निरन्तरता दिनको लागि समेत आफ्नो उम्मेदवारी भएको वताए ।

समाजसेवीको रूपमा छवि वनाएका खड्कालाई एसिया प्यासिफिक भित्रका सवै संघ– संगठन ,उधोगि व्यापारी ,राजनीतिक दलका भातृ संगठन, आम सञ्चार क्षेत्रका साथै गैरआवासीय नेपाली मतदाताहरूले समेत उत्साहपूर्वक हेरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय