लण्डनमा नेपालीको गुम्बा स्थापना



लण्डन । लण्डनको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फिट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ ।

सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१ जना ट्रष्टी आबद्ध रहेको र उनीहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष गुरुङले बताए ।

गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ ।

गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उनले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गरेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

देश विदेशमा रहेका ११० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भई सकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताए । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली