बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल



लण्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो ।

प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए ।

कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ । बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ । पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो