नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व



लण्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन् । साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेका एसोसिएशनले जानकारी दिएको छ ।

कार्यक्रमा डा पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा सुनिल शाहले बताए ।

वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालबाट भर्चुअलरूपमा सहभागी डा चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली