एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित



लण्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका हुन् ।

खनालको हिमालखबर डटकममा विसं २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष अर्याल बताए । पत्रकारिता, वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालले तीनवटा पुस्तक प्रकाशित गरिसकेका छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए । साथै उनले आफूलाई यो पुरस्कार प्रदान गर्ने युके शाखालाई धन्यवाद व्यक्त गरे ।

त्यस अवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको जानकारी दिए। शाखाले बेलायतमा कार्यरत नेपालीमूलका पत्रकारद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो ।

पुरस्कारको राशि एकल भए ५०२ पाउण्ड र दुई जनालाई भए जनही २५१ पाउण्ड साथै सम्मानपत्र राखिएको बताउनुभयो । पुरस्कृत पत्रकार छनोटका लागि डा कृष्ण अधिकारीको संयोजकत्वमा डा प्रियवदा पौड्याल, खपाङ्गी मगर र डा जगन कार्की रहेको छनोट समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो