एनआरएन दक्षिण कोरियाको सचिवमा हरि भट्टराईको उम्मेद्वारी



सउल ।  गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल मार्फत आगामी जुलाई २४ र २५ तारिकमा हुने एन आर एन राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सचिव पदमा उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा रहेको जनाएका हुन्। उनलाई धेरै बलियो उम्मेदवारको रूपमा हेरिनुको साथै भारी मतले बिजयी हुने आङ्कलन समेत गरिएको छ।

भट्टराईले नेपालमा रहदा पनि विभिन्न सामाजिक संघ संस्था तथा मानव अधिकारवादी संस्थामा रही स्वयंसेबको भुमिका निर्वाह गरिसकेको वताएका छन्। सन् २०१२ मा कोरिया प्रवेस गरि संघर्ष गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएका भट्टराईले अध्ययन पश्चात् हाल जनबुक बैक सुवनको नेपाली डेस्क प्रमुखको रुपमा रही काम गरिरहेका छन।

यसै सिलसिलामा कोरियामा रहदा पर्ने व्यवहारिक समस्यामा पर्दै आईरहेका नेपालीहरूलाई बैकिङ सेवा, भाषा अनुवाद, तथा आर्थिक सहयोग गर्दै आएका भट्टराईले आफ्नो व्यक्तिगत अनुभव र क्षमतालाई संस्थागत रुपमा प्रयोग गर्ने उपयुक्त थलोको रुपमा एन. आर. एन. ए ठानी राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा उमेदवारी दिएको बताए।

मिजासिलो स्वभावका भट्टराईले कोरियामा रहेका आम नेपाली समुदाय लाई भोट दिन विनम्र अनुरोध गर्दै “थोरै बोलौ धेरै गरौ, सबैले मान्ने NRNA बनाऔँ ” भन्ने मुल नाराका साथ आएको समेत बताए। ५ वटा मुल एजेन्डा बोकेर आएका उनले अहिलेको NRNA कोरियाले बिधार्थी र श्रमिकलाई उपेक्षा गरेको बताउदै आफु बिधार्थी र श्रमिकको पक्षमा सदैब हुने साथै NRNA कोरियालाई बिश्वकै उत्कृष्ट NRNA बनाउन लागि लागिपर्ने समेत बताए।

आफु कार्यरत बैकसँग समन्वय गरी नेपालीहरुको लागि सेल्टर(महिलाको लागि छुट्टै)को व्यवस्था गर्न पहल गर्ने, कोरियामा रहेका नेपालीहरुमाझ नेपालमा लगानीमैत्री कार्यक्रमको लागि पहल गर्ने, विभिन्न कोरियन संघ संस्थाहरुसँग समन्वय गरी नेपालीहरुको संस्कृति झल्किने बहुसांस्कृतिक(हिन्दु तथा बुद्धिस्ट) मन्दिर स्थापनाको लागि पहल गर्ने, नेपालीहरुको लागि आपतकालिन राहतकोषको लागि पहल गर्ने र एनआरएनए कल सेन्टर तथा नेपाली स्कुललाई अझ परिस्कृत गर्दै निरन्तरताको लागि पहल गर्ने आफ्नो मुल एजेन्डा भएको बताउँदै अब NRNA कोरिया राम्रो बनाउने हो भने युवा आफै अगाडि बढ्न पर्ने र अब पनि असल युवाले NRNA कोरियाको नेत्रृत्व नलिने हो भने NRNA कोरिया कहिल्यैँ राम्रो हुन नसक्ने समेत बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय