एनआरएनए तास्मानिया अस्ट्रेलियाको नेतृत्व लिँदै यी युवा



आदरणीय साथीहरु,

प्रवासी नेपालीको संस्था एनआरएनए अष्ट्रेलियाको निर्वाचनको पूर्वसन्ध्यामा र परिवर्तित अवस्थामा मैंले सम्पूर्ण सदस्यको भावना र अग्रजहरूको सुझाव र संस्थाको हितकालागि सहमति र सहकार्यबाट मैले एनआरएनए तास्मानिया अस्ट्रेलियामा नेपाली युवा विद्यार्थीको मुद्दा हरुलाई अझ सशक्तरुपमा र एकता कायम राख्न युवा उप–संयोजक ( तास्मानिया) क्ऋऋ म्भउगतथ थ्यगतज ऋययचमष्लबतयच पदमा उमेद्वारी दिने निर्णयमा पुगेको जानकारी हजुरहरु माझ गर्न चाहन्छु।

एनआरएनएमा युवा विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको दोस्रो पुस्तालाई समेट्दै कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
हजुरको माया सद्भावलाई उच्च सम्मान र मनन गर्दै यही जुलाई ३१तारिक शनिवार हुने मतदानमा यहा‘हरू सबैको अमूल्य मत सँगै सल्लाह ,सुझाव र सद्भावकालागि विनम्र अनुरोध गर्दछु ।
अन्त्यमा सरकारद्वारा निर्देशित स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहौं।

जय एनआरएनए!
जय युवा सशक्तिकरण !!

भवदीय,
प्रमोद भण्डारी
युवा उप–संयोजक ( तास्मानिया)

प्रेस नोट

गुनासा गर्ने ठाउँहरु प्रशस्त हुन्छन्। आलोचना गर्न सकिने ठाउँ प्रशस्त छन्। जुनसुकै ठाउँमा हेर्दा पनि गुनासा गर्नु र आलोचना गर्नु एउटा ’कम्फÞर्टेबल जोन’ हो। कम्फÞर्टेबल जोनमा रहेर कहिल्यै पनि प्रगति हुँदैन, न त आफ्नो, न त आफूले परिवर्तन गर्न चाहेको कुरा नै। हामी जहिले पनि कम्फÞर्टेबल जोनबाट बाहिर निस्केर काम गर्न मन पराउँछौ। आउदै गरेको गैर आबासिय नेपाली सङ्घ अष्ट्रेलियाको निर्बाचनमा तास्मानिया राज्य बाट हामिले उम्मेद्वारी घोषणा गर्नुको कारण पनि यही हो।

हाम्रो समुहका उम्मेदवारहरुः
स्टेट कोर्डिनेटरः सन्देश परियार
डेपुटी स्टेट कोअर्डिनेटरः प्रमोद सापकोटा
सचिवः प्रदीप पोख्रेल
सह–सचिवः मुगेन्द्र गौतम (मुगेन)
कोसाध्यक्षः उमेस सेन्चुरी
सदस्यहरुः
अर्जुन श्रेष्ठ
उत्तम कँडेल
सहारा पोख्रेल
सुवास खतिवडा

नारी–निकुन्जः
सयोन्जकः यान्जी शेर्पा
उप सयोन्जकः प्रीती श्रेष्ठ
सदस्यः महेश्वोरी नेपाल
युवा सयोन्जकः रिवाज राउत क्षेत्री
उप सयोन्जकः प्रमोद भन्डारी
सदस्यः सुमन पराजुली
सदस्यः “ “

एनआरएनए अष्ट्रेलिया भनेको विशुद्ध सामाजिक संस्था हुनुपर्छ। यो हामी सबैलाई थाहा छ। तर संगैसंगै यो पनि महसुस गरेका छौं कि, एनआरएनए विशुद्ध सामाजिक संस्था बन्नका लागि त्यहाँभित्र प्रवेश भइरहेका गलत प्रवृत्ति रोकिनुपर्छ। यसका लागि बाहिरबाट कराएर मात्र सम्भव छ त ? हाम्रो समुहका सम्पुर्ण उम्मेदवारहरु आफैले आफैलाई यही प्रश्न गर्दै उम्मेद्वारी दिनका लागि तयार भएक हौं । यसो भनिरहँदा हाम्रो समूह वा हामिले मात्र संस्था तथा नेपाली समुदायको भलो चाहन्छौ भन्ने भने होइन। हामी अष्ट्रेलियाबासी सम्पुर्ण नेपालिहरुलाइ एनआरएनए एउटा गौरव गर्न लायक संस्था बनोस् भन्ने छ। किनकी हामीले एनआरएनएलाई अभिभावक संस्था मान्छौं। हामी सबै मिलेर लाग्यौं भने पक्कै पनि हाम्रो चाहना पूरा हुनेछ।

नेपाली समुदायलाई सबल बनाउनुछ। यसका लागि एकता र समन्वयको आवश्यकता छ। र, त्यो आवश्यकता एनआरएनएले पूरा गर्न सक्छ। तास्मानियामा नेपालीहरुको संख्या बढ्दै गएको छ। विद्यार्थीदेखि व्यवसायीसम्मले यहाँ आफ्नो गन्तव्य खोजिरहेका छन्। संघसंस्थाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ। यस्तो अवस्थामा सबैलाई समेटेर लैजानु एनआरएनएको जिम्मेवारी बनेको छ। जुन जिम्मेवारी बहन गर्नका लागि मन, वचन र कर्मले आफूलाई पूर्ण रुपमा तयार पारेर हामिले उम्मेदवारी दिएका हौं ।
हाम्रा एजेन्डाहरु यसप्रकार छन्ः
१ एनआरएनए संस्थालाई तास्मानियामा दर्ता गर्ने।
२. यहाँको स्थानीय लाइब्रेरीमा नेपाली पुस्तक राख्ने तथा स्कुलको पाठ्यक्रममा नेपाली विषय राख्न पहल गर्ने।
३. सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने।
४. यहाँ रहेका ४९१ भिसा होल्डरहरुले स्थानिय्य सरकारलाई अतिरिक्त शुल्क तिर्नुपरिरहेको अवस्थामा सम्पत्ति सम्बन्धि अधिकारको आवाजलाई अगाडी बढाउने।
५. युवा वर्गका लागि मानसिक स्वास्थ्य तथा खेलकुद सम्बन्धि कार्यक्रमहरु ल्याउने।
६. यहाँ रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुसंग समन्वय गर्दै उनीहरुलाई सबल र अझ प्रभावकारी बनाउनका लागि कार्य गर्ने।

७. यहाँ व्यवसाय संचालन गरिरहेका नेपाली व्यवसायीहरुलाई सहयोग गर्दै नेपाली समुदायको व्यवसायीक क्षेत्रको विकासका लागि मद्दत गर्ने।
८. नेपाली कला संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धनका लागि नेपाल फेस्टिभल लगायतका कार्यक्रमहरुलाई थप व्यापक बनाउँदै निरन्तरता दिने।

यी एजेन्डाहरु धेरै महत्वाकांक्षी पनि छैनन्। हामीले मिलेर गर्न चाहेमा दुई वर्षको कार्यकाल यी कामका लागि पर्याप्त हुनेछ। तर मात्र हामी गुट–उपगुट, खिचातानीभन्दा माथि रहनुपर्छ। हाम्रो समूह सधै गुट–उपगुट भन्दा माथि रहेर काम गर्न मन पराउने समूह हो। गुट–उपगुट, नातावाद–कृपावादले गर्दा सिस्टममा कस्तो असर पर्छ भन्ने कुरा हामीले नेपालको वर्तमान राजनीतिक अवस्थालाई देखेर पनि बुझेका छौं। नेपाली समुदायलाई त्यो अवस्थामा धकेल्नु हुन्न भन्ने हामी सबैले राम्ररी बुझेका छौं ।

एनआरएनएलाई सबल देख्ने चाहना हामी सबैको छ। तपाईं–हामी आलोचना गर्छौं, किनकी हामी एनआरएनए संस्थालाई राम्रो भएको देख्न चाहन्छौं। हामीले बुझेका छौं, हाम्रो भावी पुस्तालाई यो संस्था हस्तान्तरण गर्नु छ। हामी सबै मिलेर एनआरएनए अष्ट्रेलियालाई यस्तो बनाउँ कि, हामी मात्र होइन, हाम्रो भावी पुस्ताले पनि यस संस्थासंग जोडिन पाउँदा गर्व महसुस गरोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय