एनआरएनए जापानको अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा



टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

उनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समयदेखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।

एनआरएनए जापानको यही जुलाई २५ देखि २७ सम्म महाअधिवेशन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि पौडेल जस्तै आधा दर्जन व्यक्तिले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाडि़ सारेका छन् । पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ