प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने



सुरज भण्डारी, टेक्सास । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न ५० लाख रुपैयाँको ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ ।

कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ ।

भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाइँमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा युरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताको उपस्थिति रहेको थियो ।

भेलामा फिनल्यान्डका अध्यक्ष कोमल पौडेल, स्विडेनका अध्यक्ष चिरञ्जीवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाईं, डेनमार्कका अध्यक्ष शिव चापागाईं, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्य युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षत्री, स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पूर्वअध्यक्ष तथा एनआरएन युरोपका डिआरसी मुक्त गुरुङ, पोर्चुगलका अध्यक्ष मदन लिम्बू, साइप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, युकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजङ्ग शाह र पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझाव प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम आयोजना गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ सामग्री पठाउने निर्णय गरेको थियो । उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय