एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्र उकास्न सरकारको ठोस कदम आवश्यक



लण्डन । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन् । गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए ।

यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उनले बताए । पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए । नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्यो भन्दै उनले प्रश्न गरे । ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के गर्यो ?यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ? जोशीले भने ।

कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भने, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं। तर, सुनुवाइ भएन। यो अवस्थामा सडकमा जान पनि मिलेन।’अर्थतन्त्र पुनरुत्थानका लागि योजनावद्ध ढंगबाट अघि बढ्नुपर्ने उनले सुझाव दिए । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताए ।

अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्न उनले सुझाव दिए । ‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो। धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उनले भने, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो।’

अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउँदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उनले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा नदिई पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताए । समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्राडा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताए ।

स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताए । साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए । ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताए ।

जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन्। तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उनले भने । एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्राडा सोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए । १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उनले बताए ।

कार्यक्रममा राजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडा, एकनाथ खतिवडा लगायतले कोभिड–१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिए । लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उनीहरूको भनाइ छ । यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

काठमाडौं । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको

अष्ट्रियामा एक नेपाली महिलाले गरिन् आफ्नै तीन सन्तानको हत्या

लण्डन । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा

कोरोना संक्रमणबाट १८ देशमा २ सय ८१ गैरआवासीय नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना