(पानस) अमेरिका, वोष्टन च्याप्टरको अध्यक्षमा रञ्जन थापा मनोनित



काठमाडौं । प्रवासी नेपाल एकता समाज (पानस) अमेरिका, वोष्टन च्याप्टरको अध्यक्षमा युवा व्यवसायी रञ्जन थापा मनोनित भएका छन् । सोमबार वसेको प्रवासी नेपाली एकता समाज अमेरिकाको कार्यकारिणीको भर्चुअल वैठकले सो निर्णय गरेको हो ।

वोष्टन च्याप्टरको पहिलो अध्यक्षको कार्यभारमा रहेका राजेन्द्र शेरचन पानस अमेरिकाको अध्यक्ष नियुक्ति भएपछि पानस वोष्टनको अध्यक्ष पद रिक्त रहेको थियो । मकवानपुर हेटौडा स्थायी घर भई बिगत १५ बर्षदेखि बोस्टनलाई कर्मथलो वनाई परिवारको साथ अमेरिका बसोबास गर्दै आएका रञ्जन थापाले वोस्टनका प्रायः सवै सामाजिक संघ संगठनहरुमा भरोसायोग्य काम गर्दै आएका छन् ।

ग्रेटर वोस्टन नेपाली समाजमा कार्यकारी सदस्य,वोस्टन सप्ताह २०१७ मा कोष व्यवस्थापन, पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ नुइङ्ग्लन्द र गैरआवासीय नेपाली संघ म्यसचुसत च्याप्टरको सचिव समेत रही नेपाली समाजलाई वहुमुल्य योगदान पुर्याएका छन् ।

उनी नेपाली समाजले अत्यन्तै रुचाएको र भरोसा गरेको युवा व्यवसायी हुन् ।उनको सफल कार्यकालको लागि राप्रपा प्रवास विभागको तर्फवाट राप्रपा केन्द्रीय सदस्य विजय खडकाले वधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ