पोर्चुगलमा साझा सद्भाव समुह गठन



काठमाडौं । यूरोपेली मुलुक पोर्चुगलमा साझा पार्टीले साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन गरेको छ। सेप्टेम्बर २३ का दिन पोलेन्द्र अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो। ५२ जनाको समुहबाट उक्त समिति चयन गरिएको हो।

नवगठित समितिमा संयोजक पोलेन्द्र अधिकारी, सह(संयोजक मेजन राई, प्रवक्ता दीपक गौतम, सचिव चक्रा खड्का र उपसचिव अनिल भूषाल छन्। यसैगरी सदस्यहरुमा नवीन ढुंगाना, जीवनकुमार श्रेष्ठ, इन्द्रा श्रेष्ठ, कुबेर कार्की, राजन गौतम, प्रसान्त तिमिल्सिना चयन भएका छन्। यूरोपेली महादेशीय संयोजक एस के श्रेष्ठको प्रयासमा समिति गठन गरिएको संयोजक अधिकारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

साझा पार्टीले १७ वटा मुलुकमा आफ्नो साझा सद्भाव समुहको राष्ट्रिय समितिको गठन गरिसकेको छ। यूरोपेली महादेश भित्र बेलायत, डेनमार्क, पोल्याण्ड, जर्मनी र आयरल्याण्डमा यसअघि नै समिति गठन भैसकको छ भने स्पेनमा समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको यूरोपेली महादेशीय संयोजक श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली