नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने



काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । उनले आगामी दिनमा समेत मन्त्री मरहुक्कीलगायत ओमान सरकारसँग पर्यटन प्रबद्र्धनमा सहकार्यका लागि अनुरोध गर्नुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे । उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालयसम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताए । उनले ओमानको पर्यटन प्रबद्र्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय